उपभोक्ता अदालत तत्काल स्थापना गर्न सर्वोच्चको परमादेश (पूर्ण पाठसहित)


काठमाडौं – सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको रिटको पूर्ण पाठमा यस्तो अदालत गठन गर्न सरोकारवालासँग आवश्यक समन्वय र अध्ययन गरी छिटोभन्दा छिटो गर्न भनेको छ।

नेपालको संविधानको धारा ४१ ले उपभोक्ताको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भएपछि अदालत गठन नहुदाँ आम उपभोक्ता ठगिएको दावी रिटमा गरिएको थियो। संविधानले ग्यारेन्टी गरेको मौलिक हकलाई सुनिश्चित गर्न संघीय व्यवस्थापिकाले उपभोक्ता संरक्षण ऐन, २०७५ जारी गरेको थियो।

फैसलाको पूर्ण पाठः

प्रतिक्रिया