मलेसियाका पूर्व प्रधानमन्त्री रजाकले सुरु गरे जेल सजाय


काठमाडौं – सर्वोच्च अदालतले अपिल खारेज गरेसँगै मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्षको सजाय पुरा गर्न जेल पठाइएको छ । राज्यद्वारा सञ्चालित वान मलेसिया डेभेलप्मेन्ट बरहार्ड (वानएमडीबी) मा ६९ वर्षीय रजाकले भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई सजाय सुनाएको थियो ।

उनलाई सन् २०२० को जुलाईमा नै सजाय सुनाइए पनि उनी धरौटीमा जेल बाहिर नै बस्दै आएका थिए । अदालतले उनको जेल सजाय भुक्तानीमा ढिलाइ गर्ने अपिललाई पनि खारेज गरेको छ ।

उनले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आएका छन् । अदालतले भने उनलाई ४.२ करोड रिंगिट भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनले सो रकम वानएमडीबीबाट आफ्नो व्यक्तिगत खातामा रकमान्तर गरेका थिए ।

प्रतिक्रिया