६ महिनाभित्रै थुनुवाको फैसला नभए तारेखबाटै मुद्दा (आदेशसहित)


काठमाडौं — सर्वोच्च अदालतले थुनामा बसेको ६ महिनासम्म पनि सुनुवाई नभए तारेखबाटै मुद्दा लगाउन पाउने गरी आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ, शारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलको वृहत पूर्ण इजलासले गत बिहीबार बैंकिङ कसुर मुद्दामा पुनरावेदन दिएका महेन्द्र प्रसाद मिश्रको मुद्दाको सुनुवाई गर्दै सो आदेश दिएको हो ।

यो आदेशसँगै ६ महिनाभित्र मुद्दाको सुनुवाई नभए थुनुवाहरुलाई तारेखमै बसेर मुद्दा लड्न पाउने सुविधा पाएका छन् ।

आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६२ को उपदफा (१) र (४) मा जरिवानाको रकम तत्काल बुझाउनु पर्ने भनी उल्लेख भएको व्यवस्थालाई आधार मानी धरौट जमानत दिन नसकी कैदमा बसी पुनरावेदन गर्ने पुनरावेदकका हकमा पुनरावेदनको ६ महिनाभित्र फैसला हुन नसकेको अवस्थामा सोही संहिताको दफा १३७ (६) मा भएको व्यवस्था बमोजिम कैदबाट छाडी तारिखमा राखी पुर्पक्ष गर्न सकिँदैन भन्न नमिल्ने पनि व्याख्या गरिएको छ ।

आदेशको पूर्णपाठः

प्रतिक्रिया