सर्वोच्चमा गभर्नर अधिकारीको मुद्दा यथास्थिति कायमै


काठमाडाैं – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा परेका गभर्नर अधिकारी सर्वाेच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काममा फर्किएका थिए ।

प्रतिक्रिया