राप्रपा नेपालले पायाे गाई चुनाव चिह्न, सर्वोच्चले दियाे अन्तरिम आदेश


काठमाडाैं – राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यससँगै निर्वाचनमा गाई चुनाव चिह्न लिन राप्रपा नेपाललाई बाटो खुला भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । यससगै राप्रपा नेपाललाई गाई चिन्ह पाउने बाटो खुल्नुका साथै पार्टीले न्याय पाएको अध्यक्ष कमल थापाले बताए ।

आइतबारको अदालतको आदेशले व्यक्तिगतरुपमा आफूले राहत पाएको भन्दै थापाले अनर्गल आरोपबाट मुक्ति पनि पाएको बताएका छन् । राप्रपाको पक्षबाट डा सुरेन्द्र भण्डारी,डा चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई र नरप्रसाद थापाले बहस गरेका थिए ।

निर्वाचन आयोगले गाई चिह्न नदिने भएपछि तिर चिह्न लिएका थापाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया