महाविर पुनको उपस्थितिमा ‘द रेड जोन’ निर्माणको घोषणा


काठमाडौं – नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुन भएको छ । काठमाडाैंमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नाम घोषणा गरिएको हो ।

घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक महाविर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी, के एस काफले लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैे चलचित्रका प्रस्तुतकर्ता  रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायि सन्देश लिएर आउने र सिने  जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्नेमा आफनो टिम विस्वस्त भएको बताउनुभयो  ।

चलचित्रमा किशोर खतिवडा, दिपक थापा, कमला नेपाली, हेमराज धर्ति, सिर्जना कार्की, नेत्र विष्ट, सुमन गौतम, खगेन्द्र सुवेदी, धर्मराज भण्डारी, बर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने भएको छ  । चलिचत्रबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने भएको छ  ।

रामजी लामिछाने, राजन मर्हजन र नवराज सुवेदीको नृत्य निर्देशन, देव महर्जनको द्धन्द्ध, सुजन विश्वकर्माको छायाँकन रहने भएको छ  । चलचित्रमा सुजन गौत्तमको कथा, यज्ञजंग विश्वकर्मा (आयुष )को पटकथा तथा निर्देशक, नेत्र विष्टको प्रोडक्सन, शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीतमा चलचित्रको गीत निर्माण हुने भएको छ  । चलचित्र फ्लोरमा माघ २१ गतेबाट जाने चलचित्रको निमार्ण पक्षले बताएको छ  । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्ने समेत सो अवसरमा जानकारी गराइएको थियो  ।

प्रतिक्रिया