साउथ चलचित्र ‘मास्टर’ले एक सातामा कमायो १५० करोड


काठमाडौं – कोरोना महामारीका विच रिलिज भएको साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा राम्रो व्यापार गरेको छ । भारतमा कोरोना महामारीले ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको भारतिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा साउथका सुपरस्टार विजयको चलचित्र ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको हो । तमिलनाडुका केही हलमा यो चलचित्र शत प्रतिशत अकुपेन्सीमा रिलिज भएको थियो । सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै ती हलहरूलाई कारवाही गर्ने तयारी प्रहरीले गरेको छ ।

तर, यसको फाइदा चलचित्रको बक्स अफिस कलेक्शनमा भयो । विजयको यो पाँचौ चलचित्र हो, जसले भारतीय बक्स अफिसमा १५० करोडको व्यापार गर्न सफल भयो । यो चलचित्रले एक सातामा तमिलनाडुमा मात्र ९६ करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।

चलचित्रले ओभरसिजमा ४.६ मिलियन डलरको व्यापार गरेको भारतीय मिडियाले बताएका छन् । चलचित्रको निर्माणपक्षले अब ‘मास्टर’लाई ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने तयारी गरेको छ । फ्रेवुअरी १२ मा यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया