सिन्धुपाल्चोककी दीपा बनिन् ‘मिस ग्राण्ड नेपाल–२०२२’


काठमाडौ — मिस ग्राण्ड नेपाल २०२२ को ताज सिन्धुपाल्चोकी  दीपा कार्कीले जितेकी छन्।

काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरुले ताज लगाएका छन् । यो बर्ष  ५ जना सुन्दरीहरु ताज लगाउने यो नेपालको पहिलो ठुलो कार्यक्रमसमेत बन्न सफल भएको छ।

उक्त प्रतियोगीताको जुरी प्यानलमा रामिस नेपाल २००० उषा खड्गी, हिसानका रामहरि सिलवाल, सरोज प्याकुरेल, मोडेल दिपक घिमिरे, मिस मंगोल स्कुल प्रिन्सेस अप्रिल लामा र  नेपाल टुरिजम बोर्डका गोपाल भण्डारी जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक–फरक विधामा ५ जना सुन्दरीहरुले ताज जितेका हुन् ।

मिस ग्रान्ड नेपाल २०२२  का सबै बिजेताहरुले  नगद रु. ५०÷५० हजारको साथै, कम्पनी गुडविल एम्बेसडर, ५० हजार बराबरको सुनको थांका गिफ्ट ह्याम्पर  र नेपाली चलचित्रमा नायिका समेत हुँदै, पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२२, मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गरेका छन्।

मिस ग्रान्ड नेपाल २०२२  मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर  रोजिन शाक्यको कोरियोग्राफी, रोजिना सुवालको मेकअप, हिर्देश अर्यालको फोटोग्राफी, आरकेको भिडियोग्राफी सेन्ट्रल फेसन हवका नबिन लुईटेल लगायत बिधार्थी हरुले तयार पारेको पोशाक, प्रेम देव, प्रीति शाक्यले पहिरन तयार परेका थिए।

ताज लगाउने पाँच प्रतिस्पर्धीहरु सिन्धुपाल्चोककी दीपा थापा मिस ग्राण्ड नेपाल,  झापाकी रोजिका सिटौला मिस ल्यान्डस्केपस नेपाल, पोखराकी डिना कट्वाल, मिस औरा नेपाल लक्ष्मी धमला, मिस ग्लोवल नेपाल, मिस माया कडेल मिस ग्रान्ड युनिभर्सल नेपाल भएका छन् ।  १६० जना प्रतिस्पर्धी रहेको प्रतियोगिता आर.के. इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिमा सेनेट श्रेष्ठ, अतिथिहरुमा किसन राज सिंह, राजु श्रेष्ठ, प्रकाश कुँवर  लगायतका व्यक्तिहरु थिए । कार्यक्रम कोरियोग्राफर तथा संचालन रोजिन शाक्यले गरेका थिए ।

 

प्रतिक्रिया