

इन्फिनिटी लघुवित्तको चौथो वार्षिकोत्सव

नवलपुर– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा संस्थाले केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरमा सरसफाई कार्यक्रम गरी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले सरसफाइ कार्यक्रममा आवद्ध कर्मचारी, स्थानीय समाजसेवीलाई धन्यवाद् दिँदै २९ जिल्लामा ५९ वटा शाखाकार्यालय मार्फत ४६ हजारभन्दा बढी सदस्यलाई सेवा पु¥याएको रू. ३ अर्व ४ करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा रू. ७८ करोड निक्षेप जम्मा गरेको जानकारी दिए ।
संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको, निक्षेप र कर्जा सेवा ग्राहकको आवश्यकता अनुसार स्वीकार गरी उपलब्ध गराएको, समय सापेक्ष उद्यमी बन्न तालीम उपलब्ध गराई रहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ्ग सुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवी प्रकोपमा परेका सदस्यलाई राहत, सुत्केरी सुबिधा प्रदान गरिरहेको जनाएको छ ।

