अभिनेता कार्कीको डान्स एकेडेमी


काठमाडौं– फिल्म ‘मिलाप’, ‘प्रेम विवाह’, ‘तिमी बिनाको संसार’, ‘यो कथा हो तिम्रो मेरो’ र ‘जुनी’लगायतका फिल्ममा अभिनय गरेका अभिनेता रवी कार्कीले रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमी  सञ्चालनमा ल्याएका छन् । नृत्यको क्षेत्रमा विगत २२ वर्षदेखि सक्रिय उनले तारकेश्वर नगरपालिका वडा नं २ मा एकेडेमी स्थापना गरेका हुन् ।

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको एकेडेमीको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा, लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रवीन्द्र केसी, संगीतकार विकास चौधरी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

अभिनेता कार्कीले नृत्यको क्षेत्रमा राम्रो भविष्य भएको र अबको पुस्तालाई आफूले सिकेको ज्ञानलाइ बाड्ने उद्देश्यले एकेडेमी सञ्चालन गरेको बताए । एकेडेमी सञ्चालनमा कार्कीलाई शोभा तामाङले साथ दिएकी छिन् । कार्कीले भारतीय नृत्य निर्देशक रेमो डिसुजा, राज जोशीसँग नृत्य सिकेका छन् । उनको एकेडेमीमा हरेक प्रकारका डान्सका साथै एक्टीङ, थिएटर एक्टीङ, आरजेभिजेको समेत प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया