गस्तीमा गएका प्रहरीका असई विक भारतीय सीमानजिक मृत फेला, जवान वेपत्ता


काठमाडौं– शनिबार राती गस्तीमा हिँडेका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक (असई) गोविन्द विक मृत फेला परेका छन् भने जवान रामबहादुर साउद वेपत्ता छन् । 

असई बिकको शव भारतसँग सीमा जोडिएको मोहना नदीमा फेला परको हो । विकको कुनै आपराधिक समूहले हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालयले यस विषयमा अनुसन्धान सुरु गरेको छ । कतिपयले तस्करहरूसँगको मुठभेडका क्रममा असई विकको मृत्यु भएको आशंका गरेका छन् ।

प्रतिक्रिया