‘तिमी कस्की छोरी’मा सुरक्षाको अभिनय


काठमाडौँ – गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियो सार्वजनिक गरिएको छ ।

गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् । जसमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियोमा सुरक्षाका प्रेमिको रुपमा ह्याण्डसम शम्भु घिमिरेको अभिनय रहेको छ ।

पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् ।  

आरोन अशोककुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया