करिश्मा मानन्धर भन्छिन्, ‘देशलाई राजा चाहियो’


काठमाडौं — नेपाली चलचित्रकी मोस्ट ब्यूटिफूल अभिनेत्री करिश्मा मानन्धरले नेपालमा राजा नै आउनुपर्ने बताएकी छ्न् ।

पछिल्ला दिनमा देखिएको राजनीतिक घटनाक्रमबाट असन्तुष्ट हुँदै करिश्माले बुधबार सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन । दुई विचार काम छ । राजा राख्ने । दुई विचारले नेपाल चलाउने ।’

बाबुराम भट्टराईको पूर्व पार्टी नयाँ शक्तिकी नेतृ समेत रहिसकेकी करिश्माको राजाको पक्षमा आएको अभिव्यक्ति चाहिँ पहिलोपटक हो ।

प्रतिक्रिया