विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी


काठमाडौं – अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी परेको छ ।

‘प्रसाद’का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् ।

प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङस्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निर्माणको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निर्माण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् ।

कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् ।

 

प्रतिक्रिया