


कट्टुमा लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडाैं – सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
दुबई हुँदै सोमवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका भारत पश्चिम बिहारका ४३ वर्षीय विकास बहाजनलाई अपराध अनुसन्धान कार्यालयको टोली सिनामंगलको गोल्डेन गेटबाट पक्राउ गरेको प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार उनले भित्री बस्त्र अर्थात कट्टुमा लुकाएर ल्याएको ७७७ ग्राम सुन, ५ सय दरको १९ हजार ५ सय भारतीय रुपैयाँ र ४२० यूएई दिरामसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले सुन भारत लैजान लागेका थिए । प्रहरीले उनलाई थप अनुसन्धानका लागि विमानस्थल भन्सार कार्यालय पठाएको छ ।

