


पार्टी सिनियर नेताको अपमान गरेकोमा विश्वप्रकाशको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सिनियर नेताको अपमान हुने गरी भइरहेको प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।
नाम उल्लेख नगरी झापाका एक युवकले अग्रज नेताबारे अप्रीतिकर ढंगबाट टिप्पणी भइरहेको भन्दै उनले आफ्नै पक्षधरता भए पनि आफूले सकारात्मक रुपमा लिन नसक्ने बताएका छन् ।
अग्रज नेताबारे होच्याउने गरी भइरहेको गतिविधिलाई आफूले बारम्बार विनम्र ढंगले सम्झाउँदा र चेतावनी दिँदा पनि रुपान्तरण नभएपछि यसबारे सामाजिक सञ्जालमा पोष्ट गर्न बाध्य भएको महामन्त्री शर्माको भनाइ छ ।
उनकाे फेसबुक स्टाटस :

