


मेयर बालेन र काठमाडौं प्रहरी प्रमुख धानुकबीच विविध विषयमा छलफल

काठमाडाैं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकबीच फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षासम्मका विषयमा छलफल भएको छ ।
आइतवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भएको भेटघाटका क्रममा बालेन धानुकबीच काठमाडौंको फोहर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ ।
काठमाडौं महानगरपालिकाले प्रहरीसमेतको सहयोगमा उपत्यकाको फोहर व्यवस्थापन गरिरहेको छ ।
फोहर व्यवस्थापनस्थल बन्चरे डाँडाका बासिन्दाले अवरोध गर्दा प्रहरीको सहयोगमा फोहर व्यवस्थापन गर्ने गरिएको थियो । हाल बन्चरे डाँडाका बासिन्दा र काठमाडौं महानगरपालिकाबीच सहमति भएपछि फोहर व्यवस्थापन सहज भएको छ ।

