निहारीका प्रकरणमा आरोपी युवक पक्राउ


काठमाडौं – निहारिका राजपुतलाई बलत्कार गरेको आरोप लागेका युवकलाई प्रहरीले नियन्त्रणा लिएको छ। धनुषाका शिवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजपुतले श्रेष्ठले आफूलाई बलत्कार गरेको र बच्चा भएको आरोप लगाउँदै आएकी छिन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र काठमाडौं उपत्यका अपराध कार्यालयको संयुक्त टोलीले युवकलाई धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकबहादुर राईले बताए। केही दिनअघि मात्र राष्ट्रपति भवन शिलत निवासअगाडि उनले आत्मदाहको प्रयास गरेकी थिइन्।

कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो शितल निवासअगाडि आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेकी थिइन्। तर, प्रहरीले समयमा उनलाई उद्धार गरेर नियन्त्रणमा लिएको थियो।

यसअघि बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन न्याय माग्दै हिँडिरहेकी छिन्। धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र न्याय नपाएको भन्दै न्याय पाउन पटकपटक आन्दोलन गर्दै आएकी छिन्।

प्रतिक्रिया