‘तान्डव’ सिरिज विवाद : सैफ करिनाको घरमा प्रहरी तैनाथ


मुम्बई – सैफ अली खानको वेव सिरिज ‘तान्डव’ का विषयमा भारतमा बिवाद बढ्दै गएको छ । वेव सिरिजले हिन्दू देवीदेवताको अपमान गरेको आरोप लागेको छ । विवाद बढ्दै जाँदा सैफको घर बाहिर प्रहरी समेत तैनाथ गर्नुपरेको छ ।

सैफको घर बाहिरको स्थिती समेटिएको भिडियो सामाजिक सन्जालमा भाईरल भएको छ । जसमा सैफले आफ्नो पहिलेको घर नजिकै किनेको अर्को नयाँ घरमा प्रहरी सुरक्षाका साथ सामान सार्दै गरेको देखिन्छ ।

तान्डवको पहिलो सिरिजको पहिलो भागमा कलाकार जिशान अयुव भगवान शिवको अवतारमा देखिएका छन् । विश्वविद्यालयको एक नाटकघरको यो सिनमा मन्च संचालक ‘भोलेनाथ केही गर्नुस्, भगवान रामका फलोअर्स त लगातार सामाजिक सन्जालमा बढ्दै गएका छन्’ भन्छन् । यसको जवाफमा शिवको अवतारमा देखिएका अयुब ‘म के गरौ त, प्रोफाइलको तस्विर परिवर्तन गरौ ?’ भन्ने जवाफ दिन्छन् । यही बिषयमा हिन्दू समर्थकको बिरोध भईरहेको हो ।

भारतीय अखबार अमर उजालाका अनुसार सामाजिक सञ्जालमासमेत ‘ताण्डव’ प्रदर्शनमा रोक लगाइनुपर्ने मत राख्नेहरु बढिरहेका छन्। सामाजिक सञ्जालमा ‘ह्यासट्याग बोइकट तान्डव अभियान नै चलेको छ।

भारतीय जनता पार्टीका केही नेताले सिरिजमार्फत हिन्दूधर्मावलम्बीको धार्मिक भावनामाथि घात भएको आरोप लगाएका छन् । उनीहरुले सिरिज बन्द गर्नु पर्ने माग गरेका छन् । एमएलए राम कदमले निर्मातासहित कलाकार र निर्देशकलाई समेत कडा कारवाही गर्नुपर्ने माग गर्दै घाटकोपर पुलिस स्टेसनमा उजुरी दर्ता गरेका छन् ।

यस्तै, भाजपाका साँसद मनोज कोटकले सुचना तथा प्रसारण मन्त्री प्रकाश जवान्डेकरलाई पत्र लेख्दै सिरिज रोक्न माग गरेका छन् । उनले लेखेका छन, ‘यस्तो लाग्छ कि तान्डवका निर्माताले जनाजान हिन्दू देवताको मजाक बनाएका छन् र हिन्दू धर्मिक भावनाको अपमान समेत गरेका छन् ।’

प्रतिक्रिया