‘द कपिल शर्मा’ शोमा फर्किँदै सुनिल, फेरि डा.गुलाटीको रुपमा देखिँने


नयाँ दिल्ली – चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चिनिएका सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा पुनरागमन गर्ने भएका छन् ।

सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इन्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा सुनिलको डा.मशहुर गुलाटीको रुपमा प्रस्तुति पनि देख्न सकिन्छ । प्रोमोमा उनी डा.मशहुर गुलाटीको रूपमा स्टेजमा प्रवेश गरेका छन् ।

अर्चना पूरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ । दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन् ।

सुनिलले २०१६ मा कपिल शर्मासँगको झगडापछि ‘द कपिल शर्मा’ शो छोडेका थिए । यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिएका थिए । अब भने उनी फेरि पुरानै चरित्रमा देखिने भएका हुन् ।

प्रतिक्रिया