आरम्भको पहिलो गीत रिमझिम मौसम सार्वजनिक (भिडियोसहित)


काठमाडौं – मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको रिमझिम मौसम वोलको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको प्रस्तुती एवम् लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुभिको पहिलो गीत रिमझिम मौसममा नित्याशिवाको आवाज रहेको रिमझिम मौसम गीतको भिडियो सार्वजनिक भएको छ ।

समसामयिक विषयबस्तु र प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । शंकर अधिकारी घायल को गीत, संगीत र भुपाल खालिङ्को एरेन्ज रहेको छ । कृष्ण पाण्डे को छायांकन डिके हमालको नृत्य देव महर्जन को द्वन्द र अन्जली थापाको सम्पादन रहेको छ । विशाल अग्रवाल र अमृता मगर को फिचरिङ मा ओएस आर डिजिटलबाट रिलिज भएको छ ।

भिडियोः

प्रतिक्रिया