विवादमा परेका छोरालाई बचाउन गएकी आमाको कुटपिटबाट मृत्यु


जनकपुरधाम – साइकलले ठक्कर दिएको विषयमा भएको विवाद बढ्दै गएपछि भएको कुटपिटबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ ।डाक्नेश्वरी नगरपालिका ८ बस्ने ५५ वर्षीया जिरादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले मृत घोषणा गरेको काफ्लेले बताए । मृतक जिराका छोरा मनोज साइकलमा मल लिएर घरतर्फ आउँदै गर्दा एक जना बालकलाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि बालकका आफन्त राजेश शर्मा र गनेश शर्मासहितकाले मनोजलाई कुट्न थालेपछि जिरादेवी आफ्नो छोरालाई बचाउन गएकी थिइन् । त्यहिं क्रममा उनको कुटपिटबाट मृत्यु भएको हो । कुटपिटमा संलग्न भएकाहरु फरार भएको र उनीहरुको खोजीसहित घट्नाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया