किशोरीलाई बलात्कार गरेको आरोपमा सल्यानबाट दुई जना पक्राउ


काठमाडौँ – किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुई जनालाई पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत छन् ।

किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

इलाका प्रहरी कार्यालय राँगेचौरले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया