चुनावको मितिबारे छलफल गर्न प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्तको भेट


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग आफ्नो अनौपचारिक भेट भएको थपलियाले जानकारी दिए ।

उक्त भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको आगामी चुनावको मितिबारे अनौपचारिक रूपमा छलफल भएको बताइएको छ । थपलियाका अनुसार चुनावबारे परामर्शका लागि प्रधानमन्त्रीसँग भेट भएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले आगामी हप्ता चुनावको मितिको प्रस्तावसहित आउन आग्रह गरेका छन् । आगामी हप्ता प्रधानमन्त्रीसँग हुने भेटमा चुनावबारे आयोगले परामर्श दिने थपलियाको भनाइ छ ।

आइतबार, सोमबार आयोगमा यसबारेमा छलफल हुने थपलियाले जानकारी दिए । प्रधानमन्त्रीसँग अब हुने भेटमा चुनावको मितिबारे प्रस्ताव गरेर जाने निर्वाचन आयोगको तयारी छ ।

प्रतिक्रिया