
आमा बन्दै अभिनेत्री आलिया भट्ट
मुम्वई – बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्ने भएकी छिन् । आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् ।
आलिया भट्टले सामाजिक सञ्जालमा एक विशेष पोस्ट गर्दै यो सन्देश उनका प्रशंसक र शुभचिन्तकलाई दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत् एउटा तस्वीर पनि पोस्ट गरेकी छन् । 
तस्वीरमा आलिया रणवीर कपुरसँग अस्पतालमा देखिएकी छिन् । ‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनले लेखेकी छन् । पोस्टलगत्तै आलिया रणवीरलाई बधाइको ओहिरो लागेको छ ।
रणवीर कपुर र आलिया भट्टले अप्रिल २०२२ मा विवाह गरेका थिए ।



कागजपत्र |
