

गणपति बनस्पतिद्वारा चाइल्ड हेल्थलाई एक करोड ११ लाख बढी सहयोग

काठमाडौं – गणपति बनस्पति प्रा.लि.ले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड एघार लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले सामाजिक उत्तदायित्व अन्तर्गत डा. भगवान कोइराला नेतृत्वको उक्त चाइल्ड हेल्थलाई उक्त सहयोग गरेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकम कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर तथा राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरु अनन्ता मोर र राजिब मोरले अस्पतालका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
बालबच्चाहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको उक्त केन्द्रको उद्देश्यलाई पूरा गराउनका लागि आफूहरुले सहयोग गरेको कम्पनीका सञ्चालकहरुले जनाएका थिए ।
उद्योग, व्यापार व्यावसाय, बैकिङ, बिमा, पुर्वाधार विकासलगायतका कम्पनीहरुको नेतृत्व गर्ने गरी स्थापित लक्की ग्रुपअन्तर्गतको गणपती बनस्पती प्रा.लि.ले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
स्वर्गीय मुरलीधर अग्रवालका सन्ततीद्वारा प्रर्वद्धित लक्की ग्रुपअन्तर्गत रहेको गणपती बनस्पती प्रा.लि. बिगत २५ बर्षदेखि सञ्चालनमा रहि आएको छ । कम्पनीले संचालनको बिभिन्नकाल खण्डमा स्वदेश तथा बिदेशमा बिपद व्यवस्थापन, बैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठमन्दिर, बाढी पहिरो, बिपन्नको उपचार, भौतिकपूर्वाधारको लागि सहयोग गरी नै रहेको छ ।

