कैलालीको गोदावरीमा सवारी दुर्घटना, एक किशोरको मृत्यु


कैलाली – कैलालीको गोदावरी नगरपालिका-५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी-८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न. को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी-५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो ।

घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया