चितवनमा जन्ती बोकेको बस दुर्घटना, १३ जना घाइते


भरतपुर – चितवनमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ ।

चितवनको रत्ननगर नगरपालिका-२ मा रहेको हरिहर मन्दिरबाट जन्ती लिएर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित २६ जना मध्ये १३ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय स्वास्थ्यचौकी र भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

प्रतिक्रिया