एआईजी पोखरेलको थप घरबिदा अस्वीकृत


काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजी) बढुवामा असन्तुष्टि जनाउँदै अदालत पुगेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको थप घरबिदा अस्वीकृत भएको छ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पोखरेलको बिदा अस्वीकृत गरिदिएका हुन्। पोखरेलले १० दिनको घरबिदाका लागि केही दिन अगाडि नै निवेदन दिएकाे जनाइएकाे छ।

आफूभन्दा डेढ वर्ष जुनियर एआईजी सिंहलाई आईजी बढुवा गरिएको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन्। आफूभन्दा ‘जुनियर’ आईजीको मुनि रहेर काम गर्न नसकिने भन्दै पोखरेल यसअघि पनि बिदामा बसेका थिए।

पोखरेलको रिट भने सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उनको रिटमाथि अर्को सुनुवाइ जेठ ३० गते हुने गरी पेसी निर्धारण गरिएको छ।

प्रतिक्रिया