देशभर थप १४ जनामा कोरोना पुष्टी, ८ संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोग शालामा गरिएको २५९५ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरमा ८ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेको अवस्थामा नेपालमा १ सय १ जना कोरोना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । गत २४ घन्टामा देशभर १ लाख ४३ हजार ५८२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया