स्रष्टालाई हरितारा चलचित्र पुरस्कार


काठमाडौं–परिवर्तन नेपालले एक समारोहका वीच हरितारा चलचित्र पुरस्कार, दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरेको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट फिल्मकर्मी मदनदास श्रेष्ठ र विशिष्ट फिल्मकर्मी कृष्ण मल्ललाई प्रदान गरियो । यसैगरी २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुगांनालाई प्रदान गरियो । २०५२ सालमा स्थापित यो पुरस्कार जनही नगद २५ हजार रहेको  छ ।

सोही कार्यक्रममा २०७६ र २०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र चरित्र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरियो । २०७३ साल देखि प्रदान गर्न थालिएको यो पुरस्कारको राशी जनही दश हजार रहेको छ ।

परिवर्तन नेपालले बर्षेनी प्रदान गर्दै आएको बिशेष परिवर्तन सम्मान लेखक,निर्देशक,अभिनेताद्वय विश्वदीप घिमिरे ,माधवराज खरेल र संचारकर्मी मोहन पन्तलाई प्रदान गरियो ।

नेपाल ईन्जिनियरींग परिषदका अध्यक्ष डिल्ली रमण निरौला, चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रविन्द्र खडका , गीतकार तथा संचारकर्मी शान्तीप्रिय,निर्देशक लय संग्रौला ले कार्यक्रमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण  तथा पुरस्कारको बिषयमा परिवर्तन नेपालका अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिब मोहन निरौलाले प्रकाश पारेका थिए ।

प्रतिक्रिया