ओलीको गृहनगर दमकमा एमालेका उम्मेद्वारले गरे गठबन्धनलाई समर्थन


झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको ७ नम्वर वडासदस्यमा एमालेको तर्फबाट उम्मेदवार बनेका गुमानसिंह तामाङ्गले उम्मेदवारी त्यागको घोषणा गरेका छन् ।

दमक नगरपालिका वडा नम्वर ७ को नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार गुरुङ्गले आफूले एमाले परित्याग गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई समर्थन गरेका छन् ।

दमक नगरपालिकाको मेयरमा राप्रपाबाट राम थापा, उपमेयरमा नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाइँ र नगरका १० वटा वडा तीन दलले भागबण्डा गरेका छन् । राप्रपाले मेयरमा थापासहित वडा नं १ मा ताराप्रसाद अधिकारी र वडा नम्वर ७ मा भीम पौडेललाई उम्मेदवार बनाएको छ ।

दमकमा नेपाली कांग्रेसले उपमेयरमा प्रसाईँसहित ३,४, ५ र १० नम्वर वडाको वडाध्यक्ष पाएको छ । माओबादी केन्द्रले भने वडा नंम्वर २, ६, ८ र ९ वडाध्यक्ष पाएको छ । दमक नगरपालिकामा एमालेले मेयरमा निवर्तमान उपमेयर गीता अधिकारीलाई उठाएको छ ।

एमाले परित्याग गरी गठबन्धनको पक्षमा खुलेका गुरुङले मतदातासँग मत माग्ने क्रममा सबैले गठबन्धनका उम्मेदवारलाई नै जिताउने बताए पछि आफू एमालेले दिएको वडासदस्य पदको उम्मेदवारी र पार्टीको सदस्यता नै त्याग गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

 

प्रतिक्रिया