नायिका ऋचा शर्मा र लेखक बुद्धिसागर पनि बालेनको पक्षमा !


काठमाडौं – नगरप्रमुखका लागि काठमाडौं महानगरमा अहिले सबैभन्दा चर्चित उम्मेदवार बनेको बालेन शाह । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शाह अहिले मुख्य दलका उम्मेदवारहरुबीच भारी परेको देखिएको छ ।

मतदान एक साताभन्दा कम समयावधि रहँदासम्म संघीय राजधानी महानगरमा बालेनले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमालेलगायतका अन्य उम्मेदवारहरुलाई ठूलो चुनौती दिने देखिएको छ ।

विशेष गरी युवा पुस्ता र युवापुस्ताको माध्यमबाट राजधानीबासीको मन जितेका शाहले मत पाउँदैनन् त्यो फरक कुरा हो । तर पछिल्लो समय उनीप्रति कतिपय कलाकार, बुद्धिजीवी एवं युवापुस्ताले समर्थन जनाएका छन् ।

विशेष गरी परिवर्तनका लागि भन्दै बालेनलाई समर्थन गर्नेमा लेखक बुद्धिसागर रहेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा बालेनको तस्बिर राख्दै परिवर्तनका लागि भन्दै उनको समर्थन जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, यसपाली मेरो भोट बालेन शाहलाई ।

एउटा शहरलाई आवश्यक पर्ने मानवीय आवश्यकतामाथीका योजना साँच्चै सुन्दर छन् । जीत वा हार जे होला । मलाई सपनाले भरिएका एक युवाको पक्षमा उभिन मन लाग्यो ।

त्यस्तै नायिका ऋचा शर्माले पनि बालेनलाई ‘बालेन फर चेन्ज’  (परिवर्तनका लागि बालेन) भन्दै तस्बिर सार्वजनिक गरेकी छिन् ।

प्रमुख दलका उम्मेदवारहरुले आफ्ना पछिल्ला कार्यक्रमहरुमा विशेष गरी बालेनप्रति दिएका अभिव्यक्तिले उनी अहिले बलिया प्रतिद्वन्द्वी भएको पुष्टी हुन्छ ।

आगामी शुक्रबार अर्थात वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा स्थानीय निर्वाचन सम्पन्न हुँदैछ ।

प्रतिक्रिया