भीरबाट लडेर एक जनाको मृत्यु


बलेवा – बागलुङको निसीखोलाको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भीरबाट लडेर मृत्यु भएको हो ।

घरायसी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भीरबाट लडेका थिए । उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

थापाको टाउकामा गहिरो चोट लागेको थियो । उनको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ। थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए ।

प्रतिक्रिया