प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी-पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ ।
सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेन्डा रहेको उनको भनाइ छ ।