पाँचथरको फिदिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ४० जना घाइते, १५ अवस्था गम्भिर


पाँचथर – पाँचथरको फिदिममा यात्रुवाहक बस सडकबाट खसेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम-४ सरखण्डेमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ । बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ । घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा तथा समर्पित अस्पताल लगिएको प्रहरीले जानकारी दिए। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया