भीरबाट लडेर १ जनाको मृत्यु


बाग्लुङ – बागलुङमा भीरबाट लडेर सोमवार १ जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका-४ तंग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा सोमवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया