आत्मनिर्भर बन्न थुलुङ दुधकोशी र लक्ष्मी बैंकबीच सहकार्य
काठमाडाैं – आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंक बिच सहकार्य गर्ने सम्झौता भएको छ । उद्यमशीलता र स्वरोजगारको लागि व्यवसायिकता मार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंक बिच सहुलियतपुर्ण कर्जा सहजिकरण कार्यक्रम सन्चालनका गर्ने सम्झौता भएको हो ।
बैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पुँजीसमेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुःन विदेशिनु पर्ने बाध्यताबाट रोकी उद्यमशिलतासँग जोडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजि स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु¥याउने र वित्तिय पहुँच एवम् वित्तिय समावेशीतामा अभिबृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
एक समारोहबीच सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनानसियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ संसोधन अनुसार थुलुङ दुधकोशी गाउँपालिकासँग सहुलियतमा कर्जा सहजिकरण कार्यक्रम सञ्चालनका सम्झौता गरिएको बैंकले जनाएको छ ।
सहुलियतपुर्ण कर्जा लिनका लागि क्षमता विकास गरि सक्षम बनाउने, उद्यमशिलताका माध्यमबाट व्यक्तिलाई उत्पादन सँग जोड्ने र रोजगारी सिर्जना गर्ने, उद्यमशिलता र स्वरोजगारको लागि नेपालमै सम्भावना भएकाले सकारात्मक सोचको प्रवदर्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने सम्झौताको मुख्य ध्यय रहेको राईले बताए ।