कास्कीमा टुट्यो गठबन्धन, पोखरा महानगरमा भने यथावत


काठमाडौं – कार्यकर्ताको दबाब थेग्न नसकेपछि कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो ।

यद्यपी पोखरा महानगरको मेयर र उपमेयर पदमा भने केन्द्रको निर्णय अनुसार गठबन्धन कायम नै रहनेछ भने सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।

आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए ।अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ । सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन् ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको समेत जनाएका छन् ।

प्रतिक्रिया