
एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीको ६ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ४४ रूपैयाँ ३४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५ सय ७७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभा वैशाख २१ गते हुने भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।



कागजपत्र |
