

लुइँटेलको अध्यक्षतामा नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा नयाँ कार्यसमिति

काठमाडौं – नयाँ बानेश्वर व्यापार ब्यवसायी संघको अध्यक्षमा नविन लुइँटेल निर्वाचित भएका छन् । नयाँबानेश्वर व्यापार ब्यवसायी संघको ११र१२ अौं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।
संघका अध्यक्ष रामशरण गिरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल राष्ट्रिय ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनोज बाबु श्रेष्ठ र विशेष आतिथ्यता वडा नं १० तथा ३१ का वडाअध्यक्ष रामकुमार के.सी. र नारायण प्रसाद भण्डारीबाट भएको थियो ।
अधिवेशनबाट २१ सदस्यिय कार्यसमिति सर्बसहमतिमा निर्वाचित भएको छ ।
अध्यक्षमा नवीन लुइटेल, उपाध्यक्षमा खिमलाल खरेल, सिर्जना श्रेष्ठ तथा यसोदा सिके बुढाथोकी निर्वाचित हुँदा सचिवमा प्रदिप घिमिरे, कोषाध्यक्ष बिक्रम महत, सह–सचिवमा बिवस काफ्ले र सहकोषाध्यक्षमा मिना पाण्डे निर्वाचित भए ।
त्यसैगरी १३ वटा कार्यकारिणी सदस्यको लागि माग भएकोमा आवश्यक अनुसार नै दाबी परेकोले सबै निर्वाचित भए । २ वर्षको कार्यकालको लागि २१ जना निर्वाचित हुँदा ४ जना सदस्य पदमा मनोनित गर्ने बिधानमा व्यवस्था रहेको छ ।
नयाँ बानेश्वर व्यापार ब्यवसायी संघमा निर्वाचित अध्यक्षलगायत पदाधिकारी तथा सदस्यहरुको नामावली देहाय बमोजिम रहेको छ ।
कार्यकारिणी सदस्यमा शिवलाल न्यौपाने, लक्ष्मी खड्का, सुरज पोख्रेल, जगन्नाथ प्रसाद दुलाल, चिरञ्जिवी गौडेल, विराटप्रकाश मैनाली, रमेश चिमरिया, मोहन फुयाल, दीपा उदास, नरेन्द्र बहादुर श्रेष्ठ, ओम प्रसाद पोखरेल र केशब खनाल सदस्यमा विक्रम गौतम निर्वाचित भएका छन् ।

