सत्तारुढ गठबन्धनको बैठक आजै पुन: बस्दै


काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक आज राति १० बजे फेरि बस्दै छ । बालुवाटारमा केहिबेर अघि सम्पन्न बैठकले महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति जुटेको बताइए पनि औपचारिक सहमति भने हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् । यसबारे ठोस सहमतिमा पुग्न आज नै बैठकमा बस्ने सरकारका प्रवक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

आजको बैठकमा काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाउने, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगर पाउने गरी दलहरू सहमति नजिक पुगेका बताइएको छ ।

त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपमेयर पाउने र काँग्रेसले पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाउने गरी सैद्धान्तिक सहमति जुटेको नेताहरुले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया