सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने


काठमाडौं – एमसीसीका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको आज बसेकाे  बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई एमसीसी संसदमा पेस गर्ने विषय टुङ्गो लगाउने अनुमान गरिएको भए पनि बिनानिष्कर्ष बैठक सकिएको हो ।

निर्णायक बैठक भनिएको सत्तागठबन्धनको बैठक अब भोलि ९ बजे फेरि बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो । जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । आजको बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भएन ।

 

प्रतिक्रिया