नेपाल फाइनान्सको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त


काठमाडौं- नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया