नेप्सेमा ३ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स  कम्पनी लिमिटेडकाे सेयर सूचिकृत भएकाे हाे ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९ सय ५५ कित्ता सेयर सूचिकृत भएको छ।

यस्तै, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको छ ।

त्यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे ७.७० प्रतिशत बाेनस बापतकाे ६ लाख ८५ हजार ४ सय १ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रतिक्रिया