सेन्चुरी बैंकलाई २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति


काठमाडौं –  सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । जसमध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ ।

बाँकी १३ लाख २० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सेन्चुरीले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले काम गर्नेछ ।

प्रतिक्रिया