आगलागीमा परी बालकको मृत्यु


सप्तरी – सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ।

बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो।

आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए। आगलागीलाई एक घण्टाको प्रयासमा स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन्।

प्रतिक्रिया