कांग्रेसको पक्षमा गीत लेख्नुहोस् र जित्नुहोस् २ लाख ७५ हजार !


काठमाडौं — नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई पुरस्कारको घोषणा गरेको छ ।

पार्टीको प्रचार प्रसार समिति अन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा रचना गरिएको अडियो र भिडियोले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ । गीत सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन अनुरोध गरिएको छ ।

केन्द्रीय प्रचार प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक डिबी गुरुङद्धारा प्रकाशित विज्ञप्तिमा गीत कहिलेसम्म उपलब्ध गराउने मिति भने तोकिएको छैन । अन्य जानकारीका लागि चार लिगेश भट्रराई, खुम केसी, उदिराम खड्का र बलबहादुर परियारलाई सम्पर्क गर्नका लागि सम्पर्क नम्बर समेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया