तालमेल प्रक्रिया अघि बढाउन मातहतलाई कांग्रेसको निर्देशन


काठमाडौं – नेपाली कांग्रेसले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप–समिति बनाउने निर्णय पनि गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन परिचालन समितिले केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।

गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको छ ।

यस्तै चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे छलफल र विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ ।

प्रतिक्रिया