सानिमा लाइफको बोनस सेयर घोषणा


काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको चैत २९ गतेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट कुल ४.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कायम चुक्तापूँजी २ अर्बको आधारमा कम्पनीले ४.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया